ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “विद्यार्थीद्धारा प्रहरीमाथि हातपात” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विराटनगर–१० मा सञ्चालित इडुमार्ग इन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि एक छात्रामथि यौन दुव्र्यवहारको आरोप लागेपछि पक्राउ गर्न पुगेका सादा पोसाकमा खटिएका एक प्रहरीमाथि विद्यार्थीहरुले हातपात गरेका छन् । आरोपित शिक्षक ज्ञानेन्द्रशरण शाहमाथि विद्यार्थीहरुले आक्रमण गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेका थिए । प्रहरी जवान बसन्त मण्डलले रोक्न खोजेपछि उनीमाथि नै आक्रोसित भीडले हातपात गरेको हो ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “ बराहक्षेत्रमा दमकलको माग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  बराहक्षेत्र ३ हर्दियामा सोमबार राति करिब १० बजे स्थानिय केशव कार्कीको घर पछाडिको परालो थुप्रोमा  अचानक आगो लाग्दा पराल र काठ जलेर नष्ट भएको छ । परालमा लागेको आगोलाई स्थानीयबासी, प्रहरीले नियन्त्रण गर्न नसक्दा धरानबाट दमकल ल्याएर आगो नियन्त्रण गरीएको थियो । आगो नियन्त्रण गर्न करिब डेढ घण्टा लागेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ । यसअघिको हप्ता बराहक्षेत्र ३ खोरियामा डेसमा आगो लाग्दा किसानको धान र व्यावसायीको थेसर समेतमा आगलागी हुँदा लाखौँको क्षति भयो । पछिल्लो समया सामान्य विधुत सर्ट हुदाँ ठुलाठुला आगलागीका घटना भइरहेका छन् । प्रायः हिउँद लागेपछि शुरु हुने यस्ता आगलागी बरहक्षेत्र नगरपालिका क्षेत्रमा भैहाले नियन्त्रण गर्न कुनै उपाय छैन ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “विमानस्थल विस्तार प्राथमिकतामा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । १ नम्बर प्रदेशका केही जिल्ला र संघीय राजधानी काठमाण्डौँसम्म हवाइ उडान हुदैँ आएको विराटनगर विमानस्थललाई अन्र्तराष्ट्रिय विमानस्थल बनाउन प्रदेश सरकार तातेको छ ।  प्रदेशस्तरीय मन्त्रिपरिषद बैठकबाटै अन्तरराष्ट्रिय विमानस्थल बनाउने निर्णय गर्दै संघीय सरकारलाई दबाब दिदैँ आएको प्रदेश सरकारले यसैसाता प्रधानमन्त्री केपी ओलीलाई भेटेर दबाब दिने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणको २० औँ वार्षिकोत्सवका अबसरमा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई कुनै पनि हालतमा अन्र्तराष्ट्रिय विमानस्थल बनाएरै छाड्ने बताए ।

पूर्वी बजार : ईटहरीबाट प्रकाशित हुने पूर्वी बजार दैनिकले “इटहरीको प्रदेश ट्राफिक कार्यालयमा पनि दखियो मोही” शीषकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । केही समयअगाडि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा देखिएको जग्गाको मोहीको समस्या इटहरीको जग्गामा पनि देखिएको छ । इटहरीमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय भएको भवनमै मोहियानी समस्या देखिएको हो । इटहरी पश्चिम लाइनमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको नाममा रहेको १ कठ्ठा  जग्गामा मोहीको समस्या रहेको छ । रिजाल एण्ड कम्पनीको नाममा रहेको जग्गाबाट तत्कालिन राजमार्ग ट्राफिक कार्यालयको नाममा आएको उक्त जग्गामा स्वर्गीय हेदालु चौधरीको नाममा मोही  देखिएको हो । मालपोत कार्यालय सुनसरीको अभिलेख अनुसार इटहरी ५ घ कित्ता नम्बर ६२६ मा १ कठ्ठा जग्गगा रहेको छ ।