पथरी : मोरङ्गको नगरपालिका केन्द्रका बारेमा उठेको विवादलाई टुङ्याउने पहलका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेलिगेशन जाने निर्णय भएको छ ।
कानूनी प्रश्न नउठ्ने हिसाबले नगरपालिका केन्द्रको कार्यान्वयनको माग गर्न मन्त्रालय जाने नगर प्रमुख दिलिपकुमार राइले बताए । नगरपालिकाबाट ५ जना र ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’बाट ५ जना रहने गरी १० जनाको डेलिगेशन समिति वनाउने निर्णय भएको छ ।
नगरपालिकाको केन्द्र वडा नम्वर १० र वडा नम्वर १ मा कहाँ राख्ने भन्ने विवाद कायमै छ । सुरुको दलीय सहमति, त्यसपछिको पुनरावेदन र सर्वाेच्चको फैसलाले १० नम्वर वडामा केन्द्रको निर्णय गरेपनि पछि विवाद हुँदै गएर केन्द्र कार्यान्वयन हुन सकेको छैन । वडा नम्वर १०, ९ सहितका केही वडाका बासिन्दाले पर्शुराम कार्कीको संयोजकत्वमा ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’बनाएर संघर्षका कार्यक्रम अघि बढाएका छन् ।