तेह्रथुम: माघे सक्रान्ति पर्वको अवसरमा तेह्रथुमका चार वटा स्थानीय तहले आज स्थानीय विदा दिएका छन् । जिल्लाको म्याङलुङ र लालीगुराँस नगरपालिका तथा मेन्छ्यायेम र फेदाप गाउँपालिकाले स्थानीय विदा दिएका हुन् ।
धार्मिक तथा सांस्कृतिक महत्व रहेको माघे सक्रान्ति पर्वका दिन अर्थात् माघ १ गते एक दिन स्थानीय विदा दिने निर्णय गरेको सम्बन्धित गाउँपालिका र नगरपालिकाहरुले जनाएका छन् । माघे सक्रान्तिका अवसरमा गाउँपालिका र नगरपालिका अन्तर्गत रहेका सबै कार्यालय तथा विद्यालयहरु विदा हुने भएका छन् ।