काठमाडौं : नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ । उनलाई नर्भिक अस्पतालको आइसियुमा भर्नाका गरिएको छ ।

हिजो एक्कासी छाती दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन् । ‘नायिका ऋचा शर्माको उपचार चलिरहेको छ’, नर्भिक अस्पताल स्रोतले भन्यो, ‘उहाँलाई एन्जियोग्राफी गरिसकिएको छ । स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ ।’ उनलाई आज अबेरसम्म आइसियुबाट वार्डमा स्थानान्तरण गर्ने सम्भावना रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । नायिका ऋचाको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालले नेतृत्व गरिरहेका छन् ।