पथरी : स्थिर सरकारका विरुद्ध उठने जो कोहिले पनि क्षति व्योहोर्नु पर्ने प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राइले बताएका छन् ।

मोरङ्गको पथरीशनिश्चरेमा शनिबारबाट फ्रेण्डसिप चेस क्लवको आयोजनामा सुरु भएको शहिद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ वुद्धिचाल प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले भने, ‘अहिलेको अवस्थामा जोकोहिले पनि चुनौती दिन आए उसैको क्षति हुन्छ ।’ पुर्व राजा फेरी दरबार आउने हल्ला प्रति लक्षीत गर्दै राईले भने, ‘अब राजा महाराजहरु नेपालमा हैन चेसमा मात्र हुन्छन् ।’ राजा महाराजहरुले टाउको उठाउने कुरा हल्ला मात्र हो त्यसो भए राष्ट्रमा झन खतरा हुन सक्छ राईले भने । तिन तहमा स्थिर सरकार रहेको र यी स्थिर सरकारलाइ काम गर्न दिनुको विकल्प नरहेको उनको भनाइ थियो । वुद्धिचाल खेलको विकासका लागी प्रदेश सरकारले सहयोग गर्ने समेत उनले बताए ।

अन्य खेलका लागी ठुलो संरचना आवश्यक रहेका भए पनि सिमीत श्रोत र साधानले वुद्धिचाल खेल खेल्न सकिने भएकाले पनि यो खेल प्रति सबैको आर्कषण बडाउनु पर्ने राईको भनाइ थियो ।

सोहि कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश सचिव तिलक राईले आदिवासी संग्रालय बनाउने क्रममा आदिवासी जनजाती प्रति प्रदेश सरकारले झुक्काउनु खोजेको आरोप लगाए । पथरीशनिश्चरेमा बन्न लागेको संग्रालय आदिवासी जनजाती संग्रालय बनाउन समेत उनले आग्रह गरे । सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राई, संविधान सभा सदस्य चण्डी राई, नेपाल वुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ लगायतले बोलेका थिए । शनिबारबाट सुरु भएको प्रतियोगितामा राष्ट्रिय स्तरका रेटिङ्ग खेलाडी सहित नन रेटिङ्ग वुद्धिचाल खेलाडीको सहभागीता रहेको छ ।