पथरी : उर्लावारीका पत्रकार तेजन खडका माथी हातपात गरेको आरोपमा उर्लाबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्षका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उर्लाबारी ९ का अध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पर्दाथ सेवन गरेर खडकाको घर पुगेका फ्याकले पत्रकार खडका माथी आक्रमणको प्रयास गरेको थिए । खडका माथी आक्रमण गरेपछि छेक्न खोज्दा फ्याकले खड्काकी आमलाई समेत कुटपिट गरेको पिडीतले वताए । अनुदानको मकैको बीउ पैसा लिएर बिक्रि गरेको भन्ने समाचारको विषयलाई लिएर आक्रोशित भएको फ्याक परिवार कुटपिटमै उत्रिएको हो। यसै विच खडका माथी भएको कुटपिट घटनाका वारेमा वुझन नेपाल पत्रकार महासंघ मोरङ्ग र प्रेस युनियन मोरङ्गको टोली स्थलगत भ्रमणका क्रममा उर्लावारी आएको छ । घटनाका वारेमा थप जानकारी लिन उर्लावारी आएको युनियन मोरङ्ग अध्यक्ष कुमार लुइटेलले जानकारी दिए ।
घटनाका वारेमा नेपाल पत्रकार महासंघ मोरङ्गले विज्ञप्ती प्रकाशित गर्दै घटनाको निन्दा गरेको छ । महासंघ मोरङ्गका अध्यक्ष वन्धु पोख्रेल र सचिव अर्जुन आचार्यद्धारा हस्ताक्षरीत विज्ञाप्तीमा घटनाका दोषी माथी कारवाहिको माग समेत गरिएको छ ।