इटहरी: नेपाल प्रेस युनियन सुनसरीले बनभोज कार्यक्रमको आयोजना गरेको छ । बिहीबार सुनसरीको चौसठी विगाहा (रासताल) मा प्रेस युनियन सुनसरी निकटका संचारकर्मी, राजनीतिकर्मी,पत्रकार महासंघका पदाधिकारी लगायतले एक आपसमा सुमधुर सम्बन्ध स्थापित गर्ने उदेश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाली काङ्ग्रेस १ नम्बर प्रदेशका प्रमुख सचेतक केदार कार्की, प्रदेश सांसद ज्योति सुब्बा, इनरुवा नगरपालिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, नेपाली काङ्ग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल, नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, अग्रज पत्रकार याम प्रधान लगायत पत्रकार महासंघका पदाधिकारी साथै प्रेस युनियनमा आबद्ध रहेका एक सय बढीको सहभागितामा बनभोज कार्यक्रमको आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जानकारी दिए । उनका अनुसार यहाँ आबद्ध रहेका सञ्चारकर्मी तथा प्रदेश र जिल्ला तहका नेताहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्नका लागि बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।