पथरी: स्वतन्त्र विद्यार्थी युनियनको चुनावी प्रक्रिया थाल्ने त्रिभुवन विश्वविद्यालयले परिपत्र जारी गरेसँगै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा चुनावी सारगर्मी सुरु भएको छ ।

पथरीस्थित पथरी वहुमुखी क्याम्पसमासमेत चुनावी सारगर्मी बढेको छ । विद्यार्थी नेताहरुले अध्यक्ष तथा अन्य पदका टिकट प्राप्त गर्न ‘लविङ’ सुरु गरेका छन । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी, नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघबी नै मुख्य प्रतिस्पर्धा हुनेछ । पथरी वहुमुखी क्याम्पसमा अन्य विद्यार्थी संगठनको पकड रहेको छैन ।

चुनावलाई लक्षित गरेर क्याम्पसमा विद्यार्थी संगठनहरुको गतिविधिहरु वृद्धि भएको छ । नेविसंघको एक्लो कार्यक्रम भइरहदा अखिल र अखिल क्रान्तिकारीको संयुक्त टिमले विभिन्न कार्यक्रम शुरु गरेका छन् । शहिद दिवस क्याम्पसमा मनाउने देखि तालावन्दीका कार्यक्रम सार्वजनिक गरेर चुनावी सारगर्मी बढाएका हुन । क्याम्पस प्रशासन र स्ववियुले विद्यार्थीको हित विपरीत कृयाकलाप गरेको भन्दै अखिल र अखिल क्रान्तिकारीले तालावन्दी गरेका छन् ।

यी हुन् नेवि संघबाट स्ववियु सभापतिका दाबेदारहरु

अघिल्लो स्ववियु निर्वाचनमा प्यानलमा दुई तिहाइ उम्मेदवार विजयी भएको नेवि संघले फेरी पनि जित हासिल गर्ने गरी चुनावी तयारी थालिएको स्ववियु सभापति गोपाल साम्वाले जनाए । 'फेरी पनि जित हासिल गर्ने गरि तयारी थाल्ने भएका छौ, राम्रा काम गरेकोले विद्यार्थीहरुले हामीलाई नै पत्यानेछन्,'उनको तर्क छ । पहिलो पटक चुनाव जितेकोले फेरी पनि सभापतिमा दोहोरिने इच्छा गोपालको रहेको छ । नेविसंघले टिकट दिनेमा ढुक्क रहेका उनले यसपटक पुराना प्रतिवद्धता पुरा गर्न पनि आफ्नो उम्मेदवारी रहने बताए । आफु सिनीयर रहेको र विद्यार्थी माझ भिजेकाले यस पटक पनि टिकट पाउने उनले बताए ।

नेवि संघबाटै क्याम्पसको स्ववियु सचिव रहेका रोशन पराजुलीले समेत अध्यक्षको दावी गरेका छन् । संघको क्षेत्रीय सभापति रहेका र क्याम्पसमा पनि स्ववियु सचिवका रुपमा काम गरिसकेकाले सभापतिको दावी गर्नु सामान्य भएको पराजुली बताउँछन् । 'सचिव भएर काम गरेको छु अव सभापतिमा उम्मेद्वारी दिनु सामान्य हो,'उनले भने । नयाँ र पुराना मिलाएर जान सके यस पटक पनि नेविसंघले जित्ने भएकाले संगठनले जित्नेलाइ टिकट दिनेमा ढुक्क भएको उनले वताए ।

उता नेवि संघको क्याम्पस सभापति रहेका केशर राई पनि यस पटक स्ववियु सभापतिको टिकट हत्याउने दाउमा छन् । नयाँ नेतृत्वको लागि विद्यार्थी इच्छुक रहेकाले यसपटक राईलाई नेतृत्वले पत्याउने विश्वास छ । जनजाति अनुहारका कारण पनि आफुले टिकट पाउनेमा उनी ढुक्क छन् । 'सबै क्लाष्टर मिलाएर लादा म सभापतिको उम्मेद्धार हुँ,'राईले भने । स्ववियु सदस्य भएकाले पनि काम गरेको अनुभव रहेको बताउने राई चुनाव जित्नेमा पनि ढुक्क जस्तै छन् ।

यस्ता छन्, अखिल र अखिल क्रान्तिकारीका दाबेदारहरु

अखिल र अखिल क्रान्तिकारीबाट पनि धेरै जना इच्छुक छन् । वर्तमान स्ववियु उपसभापति निता राई, पथरी वहुमुखी क्याम्पस अखिल अध्यक्ष जनक पोख्रेल र अखिल सचिव मुकेश राईले स्ववियु सभापतिको उम्मेद्वारीमा दावी गरेका छन् । जनकले भने स्ववियुमा दुई संगठन मिलेर चुनाव लडने भएकाले पनि चुनाव जित्नेमा भर भएको वताए । अघिल्लो पटक भन्दा यसपटक आफ्नो संगठन क्याम्पसमा वलियो रहेको समेत उनको भनाई छ । 'हाम्रो दुइ संगठन भएकोले पनि वलियो छ त्यो बाहेक विद्यार्थीलाइ लक्षित गरेर कार्यक्रम गरेका छौ । चुनावी प्रक्रिया सुरु भएपछि सभापतिकै लागी उम्मेद्वारी घोषणा गर्ने छु,'उनले भने ।

संगठनले टिकट दिनेमा पनि पोख्रेल ढुक्क रहेका छन् । अखिल अध्यक्ष भएर राम्रा काम गरेको र विद्यार्थी माझ राम्रा कामको प्रचार गरेकाले पनि विद्यार्थीले रुचाउने उनको तर्क छ । यसैबीच, स्ववियु उपसभापति रहेकी निता राईले पनि यसपटक सभापतिमा चुनाव लडने बताएकी छिन् । स्ववियुको उपसभापति भएर संगठन र विद्यार्थीका लागी राम्रो काम गरेकाले चुनावमा टिकट पाउने उनको दावी रहेको छ । 'मैले टिकट पाउने आधार महिला भएकाले पनि हो,'उनले भनिन् । स्ववियुको वर्तमान समितिमा बसेर विद्यार्थीका लागी काम गरेकोले पनि विद्यार्थीले अखिल र अखिल क्रान्तिकारीको प्यानलको नेतृत्व लिन तयार रहेको वताइन् । यता विद्यार्थीमाझ लोकप्रिय भएको वताउने मुकेश पनि स्ववियु सभापतिको दावेदार भएको वताउछन् ।' विद्यार्थीका धेरै काम गरेका कारण मात्र नभइ भिजनरी भएका कारण पनि सभापतिको दावी गरेको हु,'उनले भने ।