धरान:तामाङ जातिको नयाँ बर्ष सोनाम ल्होछार २८५५ को अवसरमा धरान १५ स्थित मिलन चोकमा साँस्कृतिक पर्यटन उत्सवको शुरु भएको छ ।

नेपाल तामांग घेदुङ इकाई समिति धरान १५ को आयोजनामा साँस्कृतिक पर्यटन उत्सव शुरु भएको हो । इकाई समितिको अध्यक्ष टंक योञ्जनको अध्यक्षता र धरान उपमहागरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा सोमबार उत्सवको उद्घाटन भएको थियो । माघ २१ गतेदेखि शुरु भएको उत्सव आगामी फागुन २ गतेसम्म सञ्चालन हुने आयोजक घेदुङले जानकारी दिएको छ ।

FB_IMG_1549341709673-01-(1)

उद्घाटन समारोहमा घेदुङका केन्द्रिय सल्लाहकार सुजेन्द्र गोले, घेदुङ जिल्ला अध्यक्ष सुरज लामा, वडा न १५ का अध्यक्ष नरेश इवारमलगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उत्सवमा दिनहुँ साँस्कृतिक कार्यक्रमहरु आयोजना हुनेछ । उत्सवमा खानेकुराको स्टल, साँस्कृतिक पहिरन तथा गरगहनाको स्टल, मनोरञ्जनका साधनहरुको पनि स्टल छ । साँस्कृतिक कार्यक्रममा चर्चित गायकगायिकाहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तस्बिरहरु: सनम तामाङ

_DSC0018 _DSC0015