ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अन्तरजातीय जोडीलाई नौ वर्षपछि सम्मान” शीर्षकको समाचार छापिएको छ । अन्तरजातीय विवाह गरेको नौ वर्षपछि उदयपुरमा एक जोडीलाई एक कार्यक्रममा सम्मान गरेका छन् । रौतामाई गाउँपालिका वडा नं. ७ मुर्कुचीका पर्शुराम घतानी र लक्ष्मी तामाङलाई कार्यक्रम आयोजना गरी मङ्गलबार सम्मान गरेका हुन् । सचेतना कार्यक्रम सञ्चालन समिति रौगापा ७ को आयोजना र पालिकाको सहयोगमा ‘मानिस ठुलो दिलले हुन्छ, जातले हुदैँन’ भन्ने मुल नाराको साथ जातीय भेदभाव अन्त्यका लागि सामाजिक अन्तरघुलन विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको साथ जोडीलाई सम्मान गरीएको छ । जातीय विभेद तथा भेदभाव अन्त्य गर्नका लागि एक उदाहरणीय पत्र भएको र समाजकै नमुना जोडी भएकाले सम्मान गरीएको आयोजकले जनाएको छ ।
त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “वडाध्यक्षको मिलेमतोमा रुख कटान गरीएको आशंका” शीर्षकको अर्को समाचार पनि छापिएको छ । धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा ५ अन्तर्गत घोलिखर्क क्षेत्रमा रहेका पदाधिकारीहरुको मिलेमतोमा सखुवाको रुख कटान गरीएको विषयमा सव डिभिजन वन कार्यालय पाख्रिबासले छानविन प्रक्रिया अघि बढाएको जनाएको छ । सव डिभिजन कार्यालय पाख्रिबासका ईन्चार्ज ललीत कुमार यादवले सखुवाको रुख काटीएको विषयमा सामुदायिक वनका उपभोक्ताहरु त्था रुथानीयले कार्यालयमा आई गुनासो गरेपश्चात् स्थलगत अनुगमनको क्रममा रुख काटेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढाएको बताए ।
पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “चिया खेतीप्रति आकर्षण घट्दै” शीर्षकको समाचार छापिएको छ । प्रशस्त सम्भावना भएर पनि १ दशक यता धनकुटामा चिया खेती एकआना पनि विस्तार हुन सकेको छैन । विदेशमा समेत उच्च माग रहेको अर्थोडक्स चिया खेतीमा लागतअनुसारको मूल्य नपाउनु, श्रमिक अभावका साथै बैंकहरुले लगानी बन्द गरेपछि चिया कृषक पछिल्लो समयमा पलायन हुने अवस्थामा पुगेका छन् । किसानले हरियो पत्ती टिप्ने, मलजल र काँटछाँट जस्ता बगान व्यवस्थापनका काम गर्न छोडेपछि केही अघिसम्म मनै लोभ्याउने चियाको बुटा अहिले झाडीमा परीणत हुदैँ आएका छन् । धनकुटाको हिले, पाख्रीबास, मूर्तिढुङगा, भीरगाउँ र परेवादिन लगायत स्थानको चियाको अवस्था अहिले उस्तै छ ।
उद्घोष : आजको उद्घोष दैनिकमा “आमा मृत, छोराछोरी बपत्ता” शीर्षकको समाचार छापिएको छ । सोलुखुम्बुको पासाङल्यामु गाउँपालिकाबाट करिब एक सातादेखि बेपत्ता बालबालिकाको अवस्था अझौ अज्ञात छ । पासाङल्यामु ४ खुमजुङका ११ वर्षीय डिमाठोमा शेर्पा र सात वर्षीय काङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपता भएके प्रहरीले जनाएको छ ।
नागरिक पूर्वेली : आजको नागरिक पूर्वे दैनिकमा उ” शीर्षकको समाचार छापिएको छ । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका ५ कार्यकर्तालाई फाकफोकथुम गाउँपालिकाबाट मङ्गलबारबाट पक्राउ गरेको छ । ‘सहिद सप्ताह’ मनाउन आयोजित कार्यक्रमस्थलबाट उनीहरुलाइृ पक्राउ गरेको सुरक्षा श्रोतले जनाएको । पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका २ घर भएको विजय राजवंशी, अषिष् राई, फाकफोक ४ का उदीप लिम्बु, इलाम फाकफोकथुम २ का गोपी र भोजपुरको अरुण गाउँपालिका १ अमृत थापा मगर रहेका छन् ।


































































