अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कृषि उत्पादनमा लगाइँदै आएको अतिरिक्त कर हटाउन चीनसमक्ष आग्रह गरेका छन् ।
ट्वीटमार्फत् ट्रम्पले व्यापरिक वार्ता सही दिशामा अघि बढिरहेकाले अतिरिक्त कर हटाउन अनुरोध गरेको बताएका छन् ।
यसैले पनि अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा यही मार्चबाट नयाँ अतिरिक्त शुल्क लगाउन ढिलाइ गरिरहेका छन् ।ट्रम्पले गत महिनापनि चीनसित नयाँ व्यापारिक सम्झौताको निकै नजिक पुगेको भन्दै वासिङ्टन सम्मेलनपछि ठोस प्रगतिहरु भइरहेको बताए ।
यसअघि भने अमेरिकाले चिनियाँ सामानमा २५० करोड डलर बराबरको अतिरिक्त कर लगाएको थियो ।
प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी वस्तुको आयातमा ११० करोड डलर बराबरको अतिरिक्त कर लगाउँदै आर्थिक इतिहासमै अमेरिकाले ठूलो व्यापरिक युद्ध सुरु गरेको आरोप लगाएको थियो ।