काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेकाले बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ ।
अधिकारीको उपचार भइरहेको काठमाडौंको मन्डिखाटरस्थित ह्याम्स अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेको जनाएको छ । फोक्सो र मुटुको समस्या भइ विगत तीन हप्तादेखि पूर्वअर्थमन्त्री अधिकारी उक्त अस्पतालमा उपचाररत् छन् ।
अधिकारीलाई कृत्रिम श्वास–प्रश्वासका लागि ’भेन्टिलेटर’मा राखिएको छ । उनी लामो समयदेखि छातीको संक्रमणबाट पीडित छन् ।अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री, नेकपा नेता, शुभचिन्तकलगायत अस्पताल पुगेका छन् ।