विर्तामोड : प्रहरी संम्पर्क कार्यक्रम अन्तरगत बुधबार झापाको कमल गाउँपालीकामा स्कुल शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।
कमल गाउँपालिका केर्खा ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयमा अध्यायनरत विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सन्चालन गरीएको ईलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।
कार्यक्रममा लागु औषध के हो ? यसका प्रकार, लागुऔषधको असर, लागुऔषधको उत्पति, यसका कानुनि प्रकृया लगायतका विषयमा विद्यार्थी लगायत कार्यक्रममा सहभागीलाई ईलाका प्रहरी कार्यलय दमकका प्रहरी निरिक्षक खगेन्द्र एकतेनले सहजि करण गरेका थिए ।
गाउँ समाजमा हुने विभिन्न अपराधिक घटनाहरुलाई न्युनिकरण गर्नका लागी सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सन्चालन गरीएको १ नम्बर प्रदेश प्रहरी कार्यलय रानी मोरङ्गका प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दहालले जानकारी गराए ।
श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष चक्र गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले यस्ता कार्यक्रम गाउँपालिकामा रहेका सबै विद्यालयमा सन्चालन गर्न सके किशोर अवस्थामा लागुऔषधको कुलतमा लाग्नबाट धेरै किशोर किशोरी जोगीने बताईन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, प्यापसन झापाका उपाध्यक्ष गौरीमान फागो, एन प्याप्सन प्रदेश नम्बर एकका सचिव अग्नि प्रसाद कोईराला, केर्खा बजार व्यवस्थापन समितीका अध्यक्ष अमल श्रेष्ठ विभिन्न संघ सस्थाका प्रतिनिधी, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।