धरान: २५ औं संस्करणको मिस नेपाल–२०१९ को अडिसन चितवन, बिरगञ्ज, विर्तामाडसहित धरानमा आज मंगलबार एक साथ हुने भएको छ ।

हिडन ट्रेजरको आयोजनामा धरानमा होटल गजुर प्यासलेमा अडिसन हुने भएको हो । अडिसन विहान ११ बजेदेखि शुरु हुने आयोजकले जनाकारी दिइएको छ । अडिशनमा १९ देखि २५ वर्षसम्मका युवतीहरुले भाग लिन पाउने हिडन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले बताए । उनका अनुसार हाइट ५ फिट ४ इन्च, अविवाहित हुनुपर्ने, प्लस टु पास, नेपाली नागरिकता, शरीरमा ट्याटु नखोपेको हुनेपर्ने छ । मार्च २१ तारीखमा काठमाडौमा अन्तिम अडिसन लिएर फाइनलका लागि २५ जना छनौट गरिने छ । मार्च २४ तारीखामा अन्तिम प्रतिस्पर्धीहरुलाई बन्द प्रशिक्षणमा राख्ने उनको भनाई थियो । ‘मार्च २१ मा काठमाडौं अडिसन लिन्छौं अनी मार्च २४ मा छनौट भएका २५ प्रतिस्पर्धीलाई बन्द प्रशिक्षणमा राख्छौ,’कक्षपतीले भने ।

मिस नेपाल आयोजना गरेको २५ वर्षगाठमा उत्साहका साथ आयोजना गर्ने बताए । ‘अन्नपूर्ण होटलमा करिब ८ सय हाराहारी दर्शकमाझ फाइनल गदै आएका थियौं, यसवर्ष २ हजारदेखि २५ सयसम्मको स्थानमा गर्ने योजना छ,’कक्षपतिले भने । मिस नेपालको विगत ५ वर्षदेखि काठमाडौ बाहिर अडिसन लिन थालिएको हो । हालसम्म धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा अडिसन सम्पन्न भइसकेको छ । बाँकी चितवन, विरगञ्ज, विर्तामोड र धरानमा मंगलबार एकसाथ अडिसन हुन लागेको हो । मिस नेपाल अन्तर्गत मिस वल्र्ड, मिस नेपाल यूनिभर्स, मिस अर्थ, मिस इन्टरनेशनल र मिस सुपर नेशनल विजेता घोषित गरिने भएको छ । मिस सुपर नेशनल टाइटल यसपटक देखि शुरु गरिएको हो ।

S7740002

विजेताहरुले नगद १–१ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने मिस नेपालको ताज जित्नेले यामाहा कम्पनीको फ्यासिनो स्कुटी समेत प्राप्त गर्ने छन् । उनीहरुले आगामी हुने आ–आफ्नो टाइटल अनुसार अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पाउने कक्षपतिले बताए । त्यसैगरी, १२ विद्यामा विभिन्न विद्यागत पुरस्कारहरु प्रदान गरिने छ । उनीहरुले जनही नगद ३५ हजार प्राप्त गर्ने छन् । धरान अडिसनमा सहभागी हुनेहरुलाई २०१६ मिस नेपाल इन्टरनेशनल विजेता वर्षा लेखिले वर्कशप गराएकी थिइन् । सन् १९५४ देखि नेपालमा मिस नेपालको शुरुवात भएको थियो । मिस नेपाल २०१८ मा हेटौडाकी श्रीङखला खतिवडाले ताज जितेकी थिइन ।