धरान: गत पौष १४ गते सम्पन्न नेपालआइस मिस पुर्वान्चल २०१८ कि बिजेता पूजा श्रेष्ठलाई यामाहा फेसिनो स्कुटी प्रदान गरिएको छ ।

मंगलबार बराह कम्प्लेक्समा एक कार्यक्रम आयोजना गरी आयोजकले स्कटी हस्तान्तरण गरेको हो । मिस पुर्वान्चल पूजा श्रेष्ठलाई बराह ग्रुप अफ कम्पनीका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे, बराह ज्वेलरीका इन्चार्ज सौराज लामिछाने र सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले स्कुटीको चाबी हस्तान्तरण गरेका थिए । सोही अवसरमा आगामी चैत्र तेस्रो साताबाट सुरु हुने मिस नेपाल २०१९ प्रतियोगिताको लागि मिस पुर्वान्चल पूजा श्रेष्ठलाई विदाई तथा शुभकामना पनि दिइएको थियो ।

IMG_8780

उनलाई बराहका प्रशासकीय अधिकृत कालिकोटे, इञ्चार्ज लामिछाने, सिल्भर इन्टरटेनमेन्टका श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका उपध्यक्ष्य सन्तोष काफ्ले, मिस ग्राण्ड नेपाल इक्सा मादेन लगायतले बुकी र खादा लगाएर बिदाइ तथा शुभकामना दिएका थिए । बराहका कालिकोटेले मिस नेपाल प्रतियोगितामा मिस पुर्वान्चलले आफ्नो उत्कृष्टता प्रस्तुत गर्दै मिस नेपालको ताज नै जितेर ल्याउन शुभकामना दिएका थिए भने मिस पुर्वान्चल श्रेष्ठले मिस नेपालको ताज जित्न आफुले सक्दो मिहिनेत गर्ने प्रतिवद्धता जनाएका थिए ।