बेलायती प्रधानमन्त्री टेरेसा मेले राजिनामा दिने वाचा गरे युरोपियन युनियनसँगको बहिर्गमन सम्झौताका लागी सहयोग गर्ने प्रतिपक्षि कन्जरभेटिभ पार्टीले बताएको छ ।

बीबीसीसँगको कुराकानीका क्रममा कन्जरभेटिभका एक नेताले ब्रेक्जिटको अर्को चरणको वार्ताका लागी नेतृत्व परिवर्तन हुनुपर्ने सर्त राखेको बताईएको छ । यद्यपि, बेलायती चान्सलर डेभिड लिडिङटनले प्रधानमन्त्री परिवर्तनले मुलुकको अवस्थामा सुधार नहुने बताए । बेलायती पत्रपत्रिकाले मन्त्रिपरिषदका अन्य सदस्यले प्रधानमन्त्री विरुद्ध कु को प्रयास भैरहेको दाबी गरेका छन् । ब्रेक्जिट सम्झौताका लागी आन्तरिक राजनीति चर्किदा बहिर्गमन प्रक्रिया अन्यौलमा छ । आगामि मार्च २९ मा ईयुबाट सम्झौता सहित बाहिरिने प्रधानमन्त्री मे को योजना संसदीय जोड घटाउका कारण अन्यौलमा परेको हो ।