सुनसरीः चैत १५ देखि काठमाडौमा हुने लगानी सम्मेलनमा इटहरीको पर्यटकीय स्थल तालतलैयाको बिकासका लागि ४१ लाख अमेरिकी डलरको परियोजना प्रस्तुत हुने भएको छ ।

इटहरी थिम पार्क वीथ होटल नामको परियोजना प्रस्तुत गर्न लागिएको लगानी वोर्डका रत्नेश्वर शशीले जानकारी दिए । उनका अनुसार लगानी सम्मेलनमा ४१ लाख अमेरिकी डलरको सो परियोजनामा लगानीका लागि आवहान गरिनेछ । परियोजनामा वालवालिका तथा वयस्क मान्छेहरुका लागि स्पोर्टस् पाराडाइस सहितको पार्क, रोलर कोष्टर, घोडचढि, स्वीमिङ पूल, वालवालिका र वयस्कका लागि पानीमा खेलिने खेलहरु सहित विभिन्न खेल तथा मनोरञ्जनका संरचनाहरु हुनेछन् ।

tal-talaiyaa

यसैगरि, ८० कोठा भएको क्यासिनोसहितको होटल पनि रहनेछ भने ढुंगे मूर्तीहरुको म्यूजियम, चिडियाखाना, जातीय संग्राहलय, फुडकोर्ट पनि हुनेछ । यस्तै, स्वास्थ्य केन्द्र, वोटानिकल गार्डेन समावेश गरिएको छ ।

प्रस्ताव हेर्न तलको लिंक क्लिक गर्नुहोस्:

https://investmentsummitnepal.com/wp-content/uploads/2019/03/Tal-talaiya-Theme-Park-with-Hotel-Project.pdf?fbclid=IwAR3lmR4fomyBTLbBKRzN4V6eVzTGtR0XwDwKfb9OO_s4YmfWSfabHqyRQH0