कश्मीर : भारत प्रशासित जम्मू–कश्मीरको अनंतनागमा भारतीय जनता पार्टी (भाजपा) का एक नेताको हत्या भएको छ ।

चरमपन्थी समूहले शनिबार राति भाजपा नेता गुल मोहम्मदलाई गोली हानी हत्या गरेका हुन् ।

उनी अनंतनाग जिल्लाका भाजपा उपाध्यक्ष थिए । अनंतनाग लोकसभा सिटमा आमचुनाव हुने दुई दिनअघि यो घटना भएको हो । सोमबार त्यहाँ मतदान हुँदैछ ।

भाजपाले हत्याको निन्दा गरेको छ र यसबारे सिबिआई मार्फत जाँच हुनुपर्ने माग गरेको छ । नौगाममा रहेको घरमै मोहम्मदमाथि आक्रमण भएको हो । गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।