भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले यौन दुव्र्यवहारको आरोपमा सफाइ पाएका छन् ।
न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले प्रधानन्यायाधीशमाथि लागेको आरोपमा कुनै सत्यता नभएको ठहर गरेको हो । प्रधानन्यायाधीश रञ्जनमाथि सर्वोच्च अदालतकै एक पूर्वकर्मचारीले गत अप्रिल १९ मा यौन दुव्र्यवहारको गरेको आरोप लगाएकी थिइन् ।
प्रधानन्यायाधीशमाथि नै गम्भीर आरोप लागेपछि सर्वोच्च अदालतको पूर्णइजलासले वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति बनाएको थियो । समितिले प्रधानन्यायाधीश र पीडित भनिएका महिलासँग बयान लिएको थियो ।