ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इटहरीबाटओरियन्स नेटवर्किङका खतिवडा पक्राउ” शीर्षकको समाचार छापिएको छ । ओरियन्स ग्लोबल नेटवर्क मार्केटिङ नामक कम्पनीको नाममा अवैधानिक धन्दा चलाउने प्रेम खतिवडा पक्राउ परेका छन् । इटहरी आसपासको क्षेत्रमा अवैधानिक रुपमा कार्यालय सञ्चालन गरी करोडौँ रुपैयाँ बढीको ठगी कारोबार गर्दै आएको भन्दै खतिवडालाई प्रहरीले पक्राउ गरेको हो । इटहरी ५ बालग्राम निवासी खतिवडालाई प्रहरीले लामो समयदेखि खोजीको सुचीमा राखेको थियो । भारतको चेन्नाईमा मुख्य कार्यालय रहेको उक्त कम्पनिले नेपालमा अवैधानिक रुपमा आफ्नो नेटवर्क सञ्चालन गर्दै आएको थियो । स्वास्थ्यसम्बन्धी उत्पादन भन्दै ठगी गरेर सर्वसाधारणसँग लाखौँ रुपैयाँ लिने गरेको र पहिला नै मुद्दा चलेको तर फरार रहेका खतिवडालाई पक्राउ गरिएको इलाका प्रहरीकार्यालय इटहरीका इन्सपेक्टर वुद्धि चौलागाईले बताए । खतिवडाले नेटवर्किङको माध्यमबाट करोडौँ रुपैयाँभन्दा बढी ठगी गर्ने गरेका थिए ।
उद्घोष : आजको उद्घोष दैनिकमा “नीति तथा कार्यक्रम आज” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को आगामी आर्थिक वर्ष २०७६,७७ को नीति तथा कार्यक्रमको प्रस्तुति एक दिनपछि सरेको छ । बुधबार प्रदेशसभामा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले नीति तथा कार्यक्रम पेश गर्ने तय भएपनि मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक विदा घोषणा भएपछि आज विहीबारलाई सारिएको हो । संसद सचिवालयले विहीबार अपरान्ह ३ बजे प्रदेश १ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने सूचना टाँसेको छ ।
कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “मोरङको वारङ्गीमा ३६ वर्षपछि बल्यो बिजुली” शीर्षकको समाचार छापिएको छ । धेरैलाई सुगम लाग्ने मोरङको वारङ्गीमा भने बल्ल बिजुली बलेको छ । चालिसको दशकमै मोरङको धेरै ग्रमीण भेगमा बिजुली विस्तारको क्रम सुरु भएको थियो । तर, वारङ्गीमा बिजुली पुग्न ३६ वर्ष लाग्यो । वारङ्गी पहाडी गाउँ हो । लेटाङ नगरपालिका वडा नम्बर ७ को समलामा विधुत विस्तार गोजनाअन्तर्गत ३१ लख रुपैयाँ खर्च भएको छ । मङगलबार प्रदेश १ का सांसद उपेनद्र घिमिरे, नेपाल विधुत प्रधिकरण प्रदेश १ का प्रमुख सचिदानन्द यादव र लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाले संयुक्त रुपमा स्वीच अन गरी गाउँमा विधुतीकरण योजनको शुभारम्भ गरे ।
नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “बिचौलिया पक्राउ गर्न प्रहरी सक्रिय” शीर्षकको समाचार छापिएको छ । सरकारी कार्यालयका कर्मचारीले राम्ररी काम नगरेको भ्रम सिर्जना गरी बिचौलियाको काम गर्नेलाई प्रहरीले पक्राउ गर्न सक्रियता देखाएको हो । जनकपुर अञ्चल अस्पताल अगाडिबाट सेवाग्राहिलाई जबरजस्ती नीजि अस्पतालमा लैजाने २ बिचौलियालाई पक्राउ परेको एक दिन नबित्दै थप २ विचौलियालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । जनकपुर अञ्चल अस्पतालबाट अन्य निजी अस्पतालमा पठाउने एक विचौलियालाई प्रहरीले मंगलबार जनकपुर अञ्चल अस्पताल गेट अगाडिबाट पक्राउ गरेको छ ।







































































