धरान : गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको ‘चिल्ड्रेन्स ट्यालेन्ट हन्ट २०१९’ को विजेता सिनियर तर्फ धरान–१५ स्थित चिल्ड्रेन्स एकाडेमीका जेसाङ लिम्बु् तथा जुनियर तर्फका विजेता धरान–१६ स्थित मन्टेश्वरी किन्डर गार्टेनकी नुमा लिम्बू बनेकी छन् ।

_DSC2228

सिनियर तर्फका बिजेता जेसाङले नगद ५० हजार सहित क्राउन, ट्रफी, स्यास, बुके, चेकबोर्ड प्राप्त गरेकी छन् भने जुनियर तर्फका विजेता नुमाले नगद ४० हजार सहित क्राउन, ट्रफी, स्यास, बुके, चेकबोर्ड प्राप्त गरेकी छन्।

शनिबार साँझ धरान सभागृहमा सम्पन्न ग्राण्ड फिनालेबाट सिनियरतर्फबाट धरान–१३ स्थित लोटस विद्या विहारकी सन्ध्या श्रेष्ठ फस्ट रनरअप बन्दै नगद २५ हजार सहित क्राउन, ट्रफी, स्यास, बुके, चेकबोर्ड प्राप्त गरेकी छन् । भने जुनियर तर्फका फस्ट रनरअप धरान १२ स्थीत सुनाखरी एकेडेमीकी श्रृष्टि लिम्बुले नगद २० हजार सहित क्राउन, ट्रफी, स्यास, बुके, चेकबोर्ड प्राप्त पाईन् । यसैगरी ग्राण्ड फिनालेबाट सेकेन्ड रनरअप धरान ९ स्थीत विष्णु मेमोरियल बोर्डिङ स्कुलकी याना लिम्बु बन्दै नगद १५ हजार सहित क्राउन, ट्रफी, स्यास, बुके, चेकबोर्ड प्राप्त गरेकी छन्। भने जुनियर तर्फ धरान १५ स्थीत के.के.ईन्टर नेश्नल स्कुलकी श्रेयाना मास्के सेकेन्ड रनरअप बन्दै नगद १२ हजार सहित क्राउन, ट्रफी, स्यास, बुके, चेकबोर्ड प्राप्त गरेकी छन्।

_DSC2211

यसैगरी ग्राण्ड फिनालेमा अन्य उपाधी तर्फ वेष्ट पर्सनालिटी सिनियरतर्फ जेसाङ लिम्बू, जुनियरतर्फ सभ्यता लिम्बू, वेष्ट एक्टिभ सिनियरतर्फ माहिम राई, जुनियरतर्फ नुमा लिम्बु, वेष्ट ट्यालेन्ट सिनियरतर्फ रिजोन लोहनी, जुनियरतर्फ प्रशंसा देवान, वेष्ट पंचुवलमा सिनियरतर्फ स्मिता भुजेल, जुनियरतर्फ सुभमी राई, वेष्ट डिसिप्लिनमा सिनियरतर्फ तान्छोना लिम्बू, जुनियरतर्फ दिपिशा राई, वेष्ट क्याटवर्क सिनियरतर्फ युना खापुङ, जुनियरतर्फ सृष्टि लिम्बू, वेष्ट पब्लिक च्वाइसतर्फ सिनियरतर्फ युना खापुङ, जुनियरतर्फ सृष्टि लिम्बू, वेष्ट नेपालीपनमा सिनियरतर्फ इक्साहाङ लिम्बू, जुनियरतर्फ प्रशंसा राई, वेष्ट चार्मिङतर्फ सिनियरतर्फ सौजन्य राई जुनियरतर्फ श्रेयाना मास्के, घोषित भए ।

यस्तै, वेष्ट फ्रेण्डसीप सिनियरतर्फ युना खापुङ, जुनियर प्रथा राई वेष्ट हेयर सिनियरतर्फ इतुसा लिम्बू, जुनियरतर्फ जेनिशा तामाङ, वेष्ट ड्रेसमा सिनियर तर्फ योजिना तामाङ, जुनियरतर्फ सुभानी राई, वेष्ट फोटो जेनिकमा सिनियरतर्फ स्वेच्छता योगी, जुनियरतर्फ प्रशला तामाङ, वेष्ट स्माइल सिनियरतर्फ याना लिम्बू, जुनियरतर्फ रिहाना लोहनी, वेष्ट हेन्डसम सिनियरतर्फ मिशेक चेम्जोङ, जनियरतर्फ परिवर्तन राई र वेष्ट ब्युटीफूल सिनियरतर्फ फुङनाम लिम्बू, जुनियरतर्फ व्युटिफूल प्रशन्ना राई घोषित भए । उपाधी विजेताहरुले ट्रफी, स्यास तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विद्यालयमा अध्ययनरत बालबालिको प्रतिभालाई पहिचान गरि उनीहरुको प्रतिभालाई निखार्दै मञ्च प्रदान गर्ने उद्देश्यले धरानमै पहिलो पटक आयोजित सो ट्यालेन्टको गत जेष्ठ २५ गते धरान ९ आचार्य लाईन स्थीत गरिमा डान्स सेन्टर धरानको कार्यालयमा अडिशनमा गरिएको थियो । उक्त अडिशनमा धरानका विभिन्न विद्यालयका १५० जना विद्यार्थीहरु सहभागि रहेका थिए । जसमा जुनियरतर्फ २८ जना (कक्षा १ देखि ५ सम्म अध्ययनरत) र सिनियरतर्फ २७ जना (कक्षा ६ देखि ९ सम्म अध्ययनरत) छनौटमा परेका थिए। ती छनौट भएका विद्यार्थीहरुले दुई हप्ता सम्म बन्द प्रशिक्षणमार्फ नृत्य, पब्लिक स्पीकिङ, पर्सन्यालिटी डेभ्लभमेन्ट, गुड टच एण्ड ब्याड टच, ह्युमन भ्यालु, सेल्फ डिफेन्ट, क्याटवाक, हेल्थी डाइट, सेनिटेसन, सेभ द अर्थ , प्रहरीको समुदायमा भूमिका, ट्राफिक नियम, आरजे, भीजे, योगा, ध्यानलगायत २२ वटा तालिम प्रदान गरिएको थियो ।
गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्व तथा पूर्व मिस नेपाल सुगारिका केसीको प्रमुख आतिथ्य तथा मुख्य निर्णयमा भएको उक्त ग्राण्ड फिनालेका निर्णायकहरुमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख विक्रम लिम्बू, डिजे ललित राई, निसुङ्मा हेयर एण्ड ब्युटी सोलुसन धरानकी सञ्चालिका विष्णु लिम्बू रहेका थिए ।

2 1

यसैगरी कार्यक्रममा प्राध्यापक डा. टंकप्रसाद न्यौपाने, प्रदेश ट्राफिक प्रहरी प्रमुख भीमबहादुर दाहाल, बराह ग्रुपका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मा दियाली, प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे, नेपाल शैक्षिक परामर्श संघ प्रदेश १ सदस्य तथा डटलिंक कन्सलटेन्सी धरानका सिईओ सन्तोष कुरुम्बाङ, जिल्ला ट्राफिक प्रहरी प्रमुख होमराज दाहाल, इलाका प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज न्यौपाने, फोटोग्राफर संघ धरानका अध्यक्ष प्रेमराज शाक्य, लायन्स क्लब ईन्टरनेश्नल डिस्ट्रीक ३२५ एवान कोओडिनेटर दिपेन्द्र निरौला, धराने कफी एवं कृषि उद्यम केन्द्र अञ्जना राई, समाजसेवी शिला बज्रचार्य, क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे) प्रदेश १ अध्यक्ष गंगा बराललगायत विभिन्न संघ संस्थाका प्रतिनिधी, विभिन्न विद्यालयका प्रिन्सिपल तथा समाजसेवीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश १ स्तरीय नृत्य प्रतियोगिताकी विजेता सुनाखरी एकेडेमीकी छात्रा बिनिसा राईले नृत्य प्रस्तुत तथा कार्यक्रम संचालन उदघोषक सञ्जु राईले गरिन् ।

sanju