धरान : गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको ‘‘गरिमा समर क्याम्प –२०१९’’ विभिन्न कार्यक्रमको साथमा समापन गरिएको छ ।

गर्मीको बिदामा खाली बसेका बालबालिकाहरुलाई नृत्यसगै उदघोषण, क्याटवाक, रयाम्पवाक सिकाई खाली समयलाई सदुपयोग गर्न आयोजित सो समर क्याम्पको शनिबार धरान १५ स्थीत चुम्लुङ हिममा समापन गरिएको हो । कार्यक्रममा धरानका विभिन्न विद्यालयमा अध्ययनरत समर क्याम्पका सहभागि बालबालिकाहरुले समर क्याम्पमा आफुले सिकेका कला मध्येबाट लोक, मोर्डन, कन्ट्याम्प्ररी लगायतको आकर्षक नृत्य सँगै ईन्टरडक्सन, कल्चर र समर फेसन, क्याटवाकलगायतका प्रस्तुती गरेका थिए ।
बालबालिकाहरुलाई नृत्य, उदघोषण र क्याटवाकलगायतका कला सिकाई उनीहरुको अन्तर निहित प्रतिभालाई उजागर गर्न उक्त कार्यक्रमको आयोजना गरेको गरिमा डान्स सेन्टर धरानकी संचालक सन्जु राईले बताईन् ।

Garimaaa

समर क्याम्प साउन ४ गतेबाट सुरु गरि २४ गतेसम्म संचालन गरिएकोे गरिमाकी कोरियोग्राफर, सदस्य तथा छमछमी सिजन ३ की फस्ट रनरअप मनिता राईले बताईन् । गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा र अग्रज नृत्यकार तथा समाजसेवी नैनाकला न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा क्याम्पमा सहभागि बालबालिकाहरुलाई प्रमाणपत्र तथा मायाको चिनो वितरण तथा विभिन्न विधाका उपाधीहरु समेत प्रदान गरिएको थियो ।

यसैगरी कार्यक्रममा गरिमा डान्स सेन्टर धरानलाई सहयोग गरेको भन्दै शिव गंगा बस्ती धरान १५ संरक्षण समितिको उपाध्यक्ष सूर्य हुक्पा चोङबाङलाई सम्मान गरिएको छ । प्रमुख अतिथी न्यौपाने तथा गरिमाका सल्लाहकार दोर्पध्वज राईद्धारा चोङबाङलाई सम्मान गरिएको हो ।