ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ श्रीलङ्का टापुमा कटान : १५ परिवार विस्थापनको खतरामा” शीर्षकको समाचार छापिएको छ । सप्तकोशीको बहाबमा आएको उतार चढावसँगै श्रीलंका टापुसहितका केही क्षेत्रमा नदीले कटान थालेको छ । श्रीलंका टापुसहित कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासको केही श्रेत्रमा नदीले कटान थालेको हो । नदी किनारमा माटो धस्सिने क्रम जारी रहेको बराहक्षेत्र नगरपालिका वडा नं. ६ का वडासदस्य श्याम लिम्बुले जानकारी दिए । उनका अनुसार १५ घरपरिवार विस्थापित हुन लागेका छन् । सप्तकोशी उनीहरुको घरदेखि २५ मिटरको दूरीमा रहेको उनले बताए । सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले आरक्ष आसपाससहितका केही क्षेत्रमा कटान लागेको भन्ने सूचना प्राप्भएको बताउँदै माथिल्लो निकायमा जानकारी गराइएको बताए । बङ्गालको माथिल्लो निकायमा निकायमा जानकारी गराइएको बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कांग्रेसद्वारा प्रदेश १ संसद बैठक अवरुद्ध” शीर्षकको समाचार छापिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मनमोहन विश्वविद्यालय विधेयक सच्याएर ल्याउन माग गर्दै प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । मंगलबार संसद बैठक शुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि २० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि फेरी शुरु भएको बैठकमा पनि कांग्रेस सांसदको अवरोध जारी रह्यो । कांग्रेसको सवरोधपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबार १ बजेसम्मका लागि संसद बैठक स्थगन गरे । नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै आफ्नो कुर्सीबाट उठेर विरोद जनाएका थिए । प्रमुख प्रतिपक्षीले कार्कीलाई सभामुखले आफ्नो कुरा राख्नका लागि समय दिए ।