औजार : आजको औजार दैनिकमा “मेयरले हातपात गरेको आरोप” शीर्षकको समाचार छापिएको छ । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीमाथि हातपात गरेको आरोप लागेको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रेग्मीले आफुमाथि हातपात गरेको आरोप लगाएका हुन् । करारमा राखिएको कर्मचारीको म्याद थप गर्ने विषयमा विवाद हुँदा प्रमुख प्रशासकिय अधिकृत रेग्मीमाथि हातपात गरेको आरोप छ । पत्रकार सम्मेलनमा भने, “आफुलाई काम गर्न सुरक्षा चुनौती हुनज थाल्यो, त्यसैले उर्लाबारीमा म काम गर्न सक्ने अवस्थामा छैन ।” हातपातपछि प्रहरीको सुरक्षा लिएर रेग्मीले उर्लाबारी छाडेका छन् । उर्लाबारी नगरपालिकाले विभिन्न मितिमा ५१ ज्ना कर्मचारीलाई करारमा नियुक्त गरेको थियो । करार नियुक्ति पाएकाहरुको म्याद एक वर्ष थप्न फागोले रेग्मीलाई दवाव दिएका थिए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “यौनधन्दामा संलग्न तेस्रोलिङगी पक्राउ” शीर्षकको समाचार छापिएको छ । इटहरीमा तेस्रोलिङ्गी र समलिङगीले खुला आकासमुनी ग्राहकसँग यौनधन्दा गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । यौनधन्दा गराएको आरोपमा इटहरी उपमहानगर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । बाटोमा हिँडदै गरेका यात्रुहरुलाई यौन अफर गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इहटरीका डिएसपी धर्मराज भण्डारीले बताए । देह व्यापारमा संलग्न हुनु पनि समलिङ्गिको बाध्यता रहेको एक तेस्रो लिङगिले बताए । खान, बस्न समेत समस्या भएको कारण यस्तो व्यवसायमा लागेको उनको भनाई छ । मध्यरातसम्म इटहरी तथा आसपासमा यौनसम्पर्क गराउँदै हिँड्ने तीनजना तेस्रोलिङ्गिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले यौनधन्दा गराउने तेस्रोलिङगीहरुलाई समेत पक्राउ गरी कारबाही गरिने बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पाथिभरामा व्यवस्थान योजना” शीर्षकको समाचार छापिएको छ । दसैंको मुखमा अचाक्ली भीड लाग्ने पाथीभरा मन्दिरमा आवागमन र दर्शनलाई सहज बनाउन यसपटक बेलैमा योजना तय गरिएको छ । सरोकारवालको बृहत् छलफलबाट पाथीभरा मार्गमा सञ्चालन हुने यातायात भाडाको समायोजनदेखि दर्शनार्थीको सहयोगका लागि स्वयंसेवक परिचालन, आवास तथा खानपिनको बन्दोबस्ती र दर्शनार्थीको स्वास्थ्य तथा सुरक्षाको ख्याललाई मुख्य ध्यान दिने निर्णय गरिएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “नयाँ शैलीमा भेडेटारको भ्युटावर” शीर्षकको समाचार छापिएको छ । २०७२ सालको भूकम्पले जीर्ण बनाएको भेडेटारमा रहेको भ्यूटावरको पुननिर्माण सम्पन्न भएको छ । पर्यटकको मुख्य आकर्षणको रुपमा रहेको धनकुटाको भेडेटारमा रहेको सो टावर ४२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । तत्कालीन जिल्ला विकास समिति, गाविस, पयटन विकास कार्यालय काँकरभिट्टाको संयुक्त लगानीमा २०७३ सालमै निर्माण सुरु भएको थियो ।