औजार : आजको औजार दैनिकमा “धरानमा उपनिर्वाचनको माहौल तात्दै” शीर्षकको समाचार छापिएको छ । संघीय समाजवादी पार्टी नेपाल धरान उपमहानगरलाई धरानमा हुने उपनिर्वाचनको लागि केन्द्रिय दबाब परेको छ । आगामी मङ्सीर १४ गते सम्पन्न हुने उप निर्वाचनको लागि समाजवादीलाई एक्लौटी उम्मेद्वारी दिएर चुनावी मैदानमा होमिनको लागि केन्द्रिय दबाब परेको हो । नेपाली कांग्रेस धरान उपमहानगरपालिकासँग कार्यगत एकता गरेर अघि बढ्ने तीब्र तयारी भइरहेको बेला समाजवादीको पार्टीको केन्द्रिय दबाबले कार्यगत एकता नहुने लगभग निश्चित बनेको छ । संघीय समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव नेकपा गठबन्धनको सरकारमा सामेल छन् । यादव उपधान एवम् स्वास्थ्यमन्त्री छन् । समाजवादीलाई आगामी मङसीर १४ गते सम्पन्न हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्न नैतिक संकटमा समेत परेको छ । त्यसैले समाजवादीले मंगलबार उपनिर्वाचनमा सरिक भई एक्लौटी रुपमा अघि बढ्नका लागि ३ जनाको नाम समेत सिफारिस गरेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “कोशी पीडितको आन्दोलन स्थगित” शीर्षकको समाचार छापिएको छ । मआब्जा माग्दै ४० दिनदेखि रिले अनसनमा रहेका कोशी पीडितहरुले आन्दोलन स्थगित गरेका छन् । मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै कोशी ब्यारेजमा अनसन बसेका कोशी पीडित संघर्ष समितिको बुधबार बसेको बैठकले तत्काल आन्दोलन स्थगित गर्ने निर्णय गरेको सचिव काशिम अन्सारीले जानकारी दिए । नेपालीहरुको महान् चाडपर्व नजिकिदै गएको अवस्थालाई मध्यनजर गरेर बिहीबारबाट रिले अनसन स्थगित गर्ने निर्णय भएको उनले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “दसैंमा छैन चहलपहल” शीर्षकको समाचार छापिएको छ । दसैं नजिकिइसके पनि विराटनगर बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल छैन् । विगतमा तिज सकिएलगत्तै किनमेल गर्नेको चहलपहल बढ्ने गरेकोमा यो वर्ष घटस्थापना आनै लाग्दासमेत किनमेल गर्ने उपभोक्ता बजारमा आएका छैनन् । देशको अर्थतन्त्र नकारात्म भएको हल्ला चलिरहेका बेला विरनटनगरमा दसैंमा समेत व्यापार न्यून हुनुले यहाँका व्यापारीसमेत आश्चर्यमा परेका छन् । सर्वसाधारणसँग पैसा नै नभएको हो कि के भएको हो, बुझ्नै सकिएन मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भने ।