झापा : विद्यालयकोे कार्यालयमा लगाएको २ वटा ताल्चा फोडेर १ थान ल्यापटप र क्यान्टिनमा रहेको सामानहरू चोरी भएको हो ।
विद्यालयमा कम्पाउण्ड घेराबेरा लगाएको भए पनि चोरले १ थान ल्यापटप, व्याट्री, डाटा केबल, माउस र क्यान्टिनमा रहेको अन्दाजी १२ हजार रूपैयाँको विस्कुट, भुजिया, च्याउच्याउ, दुधलगायतका खानेकुराहरू र झोलामा राखिएका सहकारीका कागजातहरू च्यात्चुत गरि अन्य सामानहरू चोरी भएको ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।
विद्यालयको मुलगेटमा रहेको सानो गेट भने राती पनि खुल्ला रहने गरेको बताईएको छ । चोरीमा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । खजुरगाछी माविमा यस अघि पनि चोरी भएको थियो । खजुरगाछी माविका प्रअ गहेन्द्र विक्रम साहले कार्यालयको ताल्चा मात्रै नभई अन्य कक्षाकोठाका पनि ताल्चा फोर्ने गरेको र वर्षेनी ३० हजार रूपैयाँ बराबरको ताल्चा किन्नुु पर्ने समस्या रहेको बताए । विद्यालयको सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई यस अघि पनि ध्यानाकर्षण गराई सकिएको प्रअ साहले बताए ।