पथरी : पैनीले बगाएर मोरङको लेटाङ नगरपालिका–२ बुधबारेका ७५ वर्षीय खड्गबहादुर मगरको मृत्यु भएको छ । शौच गर्नका लागि भनेर बिहीबार राति घरबाट निस्किएका वृद्धको स्थानीय नक्साल पैनीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक अशोककुमार जवेगुले बताए । धेरै बेरसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेर खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा पैनीले बगाएर मृत्यु भएको अवस्थामा घटनास्थल भन्दा ५० मिटर तल शुक्रबार बिहान शव भेटिएको प्रनि जवेगुले बताए । पोस्टमार्टमका लागि शव उर्लाबारीको मंगलबारे अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।