सुनसरी: सुनसरीको दुहबी नगरपालिका ९ छाताबेली घर भई हाल सोही नगरपालिका २ तुताहास्थित शिवशंकर साहको घरमा डेरा गरी बस्ने बर्ष ३० को जाबिर हुसेनको साढे ३ बर्षकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो साढे २ बजेको समयमा सोही स्थानमा रहेको पोखरीको पानीमा डुबिरहेको अवस्थामा बालिकाका ९ बर्षिय दाजु मोहमद अमिरले देखे पश्चात उनलाई आफन्तले पानीबाट निकाली उपचारको लागि सामुदायिक अस्पताल दुहबीमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।