धरान : नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रीय प्रतिष्ठानमा सूचीकरण नभएका याम्फु आदिवासी धनकुटामा जिल्ला अधिवेशन हालै सम्पन्न भएको छ ।
धनकुटामा सम्पन्न जिल्ला अधिवेशनले नरेश याम्फुको अध्यक्षतामा नौ सदस्यीय धनकुटा जिल्ला कार्यसमिति गठन भएको कुरा नरेश याम्फुले जानकारी दिएको छ । त्यसैगरी समितिको उपाध्यक्ष मित्रकुमार याम्फु सचिब पुष्पकला याम्फु, सहसचिव बलबहादुर(मिलन)याम्फु, कोषाध्यक्ष कबिराज याम्फु, सदस्यहरुमा टेकेन्द्र याम्फु, पबि याम्फु, सबिना याम्फु, सुमन बाउ याम्फु रहेका छन् ।
हाल धनकुटा जिल्लामा याम्फु समुदायहरु करिब पाँच सय घर रहेको जनाएको छ । अधिबेशनमा याम्फु किरातका केन्द्रिय सचिब सुरेस गेसा याम्फु नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद चौबिसे गाउँपालिकाका अध्यक्ष दिवा चेम्जोङ सहित याम्फु समुदायका अग्रजहरुको उपस्थिति रहेका थिए । हाल याम्फु समुदाय सहित अन्य समुदायलाई सूचीकरण नगरिएकोले सूचीकरणको माग गरिएको छ । याम्फु समुदायले आफ्नो लेखोटमा पनि राई लेखाउदै आए पनि पछिल्लो समयमा छुट्टै समुदाय दाबी गर्दै सूचीकरण हुनुपर्ने माग गर्दै आएका छन् ।