मोरङ: मोरङको बिराटनगर १३ झमेली चोकबाट लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबर राती ११ बजे पक्राउ पर्ने दुवै धरानका हुन् ।
सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले उक्त चोकमा पैदल हिडिरहेका धरान उपमहानगरपालिका ८ का ४६ बर्षीय पुर्ण बहादुर तामाङ र धरान ११ का ४१ बर्षीय सुवास राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । चेकजाँच गर्दा उनीहरुको साथबाट डाइजोल्याप ११० एम्पुल, लुपिजेसिक ११० एम्पुल र एभिल ११० एम्पुल बरामद गरेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।