सुनसरी: आज बिहान सुनसरी र इलाममा पानीमा डुबेर दुई जनाको ज्यान गएको छ ।

सुनसरीको रामधुनी नगरपालिका ५ भमरी चोकका ४७ बर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थाह पाउने बित्तिकै प्रहरी टोली पुगेर शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यस्तै, ईलामको सुनमाई नगरपालिका १२ मलिम बस्ने ५६ बर्षीय दिलमाया राईको पनि पानीको दहमा डुबेर मृत्यु भएको छ । आज बिहान ८ बजे आफ्नै घर नजिकै रहेको पानीको दहमा डुबेर मृत्यु भएको हो । घटनाबारे स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।