इटहरी: इटहरी उपमहानगरपालिका १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शव फेला परेको छ ।

निर्माणाधिन ६ लेन सडकको नालामा इटहरी १४ कय हरि गुरुङका ७बर्षीय छोरा कृष्ण गुरुङको शव फेला परेको हो । निर्माणाधिन ६ लेन सडकको नालामा डुबेको अवस्थामा सोमबार दिउँसो शव फेला परेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए । ‘उनी १० गते दिउँसोदेखि हराईरहेको सूचना पाएका थियौं,’बस्नेतले भने, ‘आज नालामा डुबेको अवस्थामा शव फेला पर्यो ।’उनले घटनाको छानबिन नगरी आधिकारिक रुपमा केही बोल्न नमिल्ने बताए ।