धरान: प्रदेश सरकारको ८४ लाख बजेट अनुदानमा धरान ८ बरगाछी स्थित बनबाटिका मार्ग निर्माण सम्पन्न भएको छ ।

आज सोमबार पुर्व महालेखा नियन्त्रक सुरेश कुमार प्रधानले सडकको उद्घाटन गरेका थिए । स्थानीयबासी समेत रहेका प्रधानले १ नम्बर प्रदेशको मुख्यसचिव र महालेखा नियन्त्रक हुँदा विभिन्न जिल्लामा पुगेर अवलोकन गरेको खुलाउदै धरान जत्तिको दिगो विकास अन्यत्र नपाएको बताए । उनले विकास निर्माणमा धरान अग्रपंक्तिमा रहेको बताए । हाल सेवा निवृत भएर पनि मुलुकको समृद्धिको लागि आफु क्रियाशील रहेको उनले बताए ।

नवनिर्मित सडकको उद्घाटन पछि वडा दशैको शुभकामना आदनप्रदान गरिएको बनबाटिका मार्ग उपभोक्ता समितिका सचिव लालबहादुर विश्वकर्माले जानकारी दिए । कार्यक्रममा पत्रकार तारा लामगादे, किशोर श्रेष्ठ र पदम श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष सनम श्रेष्ठ धर्मेन्द्रको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक पदमकुमारी श्रेष्ठ र रत्नबहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

banbatika

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका पुर्व महालेखा नियन्त्रक प्रधानलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । यस्तै, बाटो निर्माणमा बिशेष सहयोग गर्ने दुर्गा श्रेष्ठ, प्रकाश ताम्राकार, देवबहादुर श्रेष्ठ, मिना श्रेष्ठ, कमल सरकार, कृष्णा श्रेष्ठ, मिना श्रेष्ठ र शुसिला श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा अथितिहरुलाई रेणुका विश्वकर्माले स्वागत गरेकी थिइन भने स्थानीय उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।