औजार : आजको औजार दैनिकमा “विवाह गर्ने उमेर घटाउन माग” शीर्षकको समाचार छापिएको छ । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले हाल तोकिएको २० वर्ष विवाहको उमेरलाई घटाउन माग गरेका छन् । सरकारले विवाहको उमेर २० वर्ष तोकेकोले सुनसरीका सरोकारवालाहरुले यसबाट भागी विवाह गर्ने र केहीले विवाह गर्न नपाउँदा आत्महत्यासम्म गरेकाले विवाह उमेर घटाउनुपर्ने माग गरेका हुन् । विवाहका लागि १८ वर्ष उमेर तोकी हालको विवाह उमेरमा दुई वर्ष घटाउनुपर्ने माग गरेका हुन् । देवानगञ्ज गाउँपालिका अध्यक्ष तथा जिल्लाको जेष्ठ नागरिक जनप्रतिनिधि लालीप्रसाद मेहताले एक वर्ष यता कयौ बालिकाहरुले १८ वर्ष नपुग्दै भागी विवाह गरेकाले समस्या भएकाले विवाहको उमेर घटाउनुपर्ने माग गरे ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “वीपीमा गार्डकै अगाडिबाट स्कुटीको चक्का चोरी” शीर्षकको समाचार छापिएको छ । गत आइतबार राती स्त्री तथा प्रसुती विभागमा कार्यरत डा. मौसम राईको शल्यक्रियाको पालो थियो । रातभरी ड्युटी सकेर घर जान राखिएको स्थानमा स्कुटी हेर्दा पछाडीको चक्का गायप भएको पाए । स्कुटी राखे स्थानबाट करिव एक सय मिटर नजिक प्रतिष्ठानको सेक्युरिटीको जिम्मा लिएको केटिएमका गार्ड बस्ने गरेका छन् । तर राखिएको स्कुटीको चक्का खोलेर लादासम्म सुरक्षा गार्डले भेउ पाएनन । प्रतिष्ठान हाता भित्रबाट पछाडीको चक्का चोरी भएको घट्नाले प्रतिष्ठानको सुरक्षा व्यवस्था उदाङ्गो बनाइएको छ । चिकित्सको स्कुटीको पार्ट चोरी भएका कारण बाहिर आयो तर यहाँ विमारी कुरुवाहरुको सवारी, मोवाइल चोरीका घट्ना दिनहु हुने गरेको एक कर्मचारी बताउछन् । ५ महिना अघि एक विमारी कुरुवाको मोवाइल चोरी गर्नेलाई कुरुवाहरुले नै समातेर प्रहरीलाई बुझाएका थिए । प्रतिष्ठानमा चोरी, औषधी दलालहरुको विगविगी भएको विमारीका कुरुवाहरु बताउदैं आएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय सुरक्षा व्यवस्था खस्किएको भन्दैं चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले विज्ञाप्ति जारी गरि चिन्ता व्यक्त गरेका छन् । विज्ञप्ति जारी गरि प्रतिष्ठानमा शिक्षक कर्मचारी, चिकित्सकहरु असुरक्षित भएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष हार्डजोर्नी विशेषज्ञ डा. विष्णु पोखरेल महासचिव प्रसुती रोग विशेषज्ञ डा. एसपी रिमालले संयुक्त विज्ञप्ति जारी गरि चोरीमा संलग्नलाई पहिचान गरि कारवाहीको माग गरेका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “चार जनाको हत्या” शीर्षकको समाचार छापिएको छ । शृंखलाबद्ध रुपमा सुनसरीमा हत्याका घटना हुनेक्रम बढ्दो छ । चार महिनाको अवधिमा चार जनाको हत्या भएको छ । घटनाक्रम अनुसार असार ९ गते इनरुवा वडा नं ५ मा १६ वर्षे शनिदेव मण्डलको हत्या हुन पुगेको प्रहरीले मंगलबार जनाएको छ । उनको भै झगडा हुँदा हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले इनरुवा वडा नं. ५ कै ३६ वर्षीय वेचन भन्न विन्देश्वर मेहता, ३५ वर्षीय सरितादेवी मेहता र २५ वर्षीया मञ्जुदेवी मेहता पक्राउ परेकोमा मञ्जुदेवी पुर्पक्षका लागि कारागार चलान भएकी छन् । विन्देश्वर र सरितादेवी भने धरौटीमा छुटेका छन् । यसैगरी, साउन ६ गते देवानगञ्ज गाउँपालिका वडा नं. २ को रामजानकी मन्दिर परिसरमा स्थानीय ५५ वर्षीय बिलु यादवको हत्या भयो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय महानन्द मेहतालाई पक्राउ गरी मुद्दा चलाएकोमा पुर्पक्षका लागि जेल चलान भएका छन् । एकपछि अर्को हत्याका घटना हुनेक्रममै साउन २८ गते बर्जु गाउँपालिका वडा नं. ५ मा २३ वर्षीया अनितादेवी यादवको हत्या भयो । घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका ३१ वर्षीय प्रदीप यादव अहिले जेलचलान भएको छ । रिसिइबीकै आधारमा भोक्राहा नरसिंह वडा नं. ५ मा पनि भदौ ७ गते ५० वर्षीय बहाव मियाको हत्या गरियो ।