धरान: धरान १५ स्थित मिलन चोकमा डेरा गरी बस्ने युवाहरुबीच कुटाकुट भएको छ । कुटपिटबाट स्थानीय सन्तोष लिम्बू घाइते भएका छन् ।

प्रहरीका अनुसार डेरा कोठामा साथीहरु बीचमा आपसी झगडा गरेका हुन् । झगडामा नुवाकोट र धरान घर भएका आशिष भुजेल, शिव भुजेल, सुदिप भुजेल, पृथ्वी राई, बाबुराम थिङ संलग्न छन् । उनीहरुले मादक पदार्थ पिएर आपसमा कुटाकुट गरेका हुन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार ती युवाहरु खोलामा ट्रिपरको लागि बालुवा, ढुंगा लोड गर्ने काम गर्छन् । ग्यांग फाइट भएको होइन, कोठामा आफु आफुमा झगडा गरेका हुन्, डिएसपी न्यौपानेले भने । घाइते लिम्बूको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा आइसियुमा उपचार भइरहेको बताइएको छ ।