धनकुटा: धनकुटाको चौबिसे गाउँपालिका ३ गढिगाउँका १७ बर्षीय लक्ष्मण तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।
मंगलवार राती ८ बजे गढिगाउँस्थित भित्री सडक खण्डमा तमर नदीबाट बालुवा बोकी मुढेबाट तर्फ आउँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर तामाङ घाइते भएका थिए । घाईते भएका तामाङको धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी मुढेवासको नियन्त्रणमा राखिएको छ ।