मोरङ: मोरङको विराटनगर महानगरपालिका १० सोमबारेस्थितमा छुरा प्रहारबाट १ जना घाईते भएका छन् ।
आज दिउँसो १२ बजेको समयमा सिटि सफारीको चार्जरको बिषयमा छुरा प्रहार हुदा ३४ बर्षीय माया मण्डलमाथि छुरा प्रहार भएको हो । स्थानीय पुर्णिमा मण्डल र उनको २० बर्षीय छोरा मेघनाथ मण्डलले मायासँग सिटि सफारीको चार्जरको बिषयलाई लिएर वादविवाद गर्ने क्रममा मेघनाथले मायालाई सब्जी काट्ने छुरा प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाईते मायाको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने छुरा प्रहार गर्ने मेघनाथलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।