सुनसरी: धरानमा राती घरबाट पार्किङ गरिराखेको स्कुटर चोरी गरेर बेच्न लैजाने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको ट्याम्केमैयुम गाउँपालिका ३ भोजपुर घर भई हाल धरान बस्दै आएका ३४ बर्षीय संजय राई स्कुटर चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । आज बिहान राती २ बजेको समयमा धरान ११ का हिरा भण्डारीको घरमा पार्किङ गरी राखिएको को १८ प ३०४५ नम्बरको स्कुटर चोरी भएको थियो ।

उक्त स्कुटर चोरी गरेर बराहक्षेत्र नगरपालिका १ को पाथीभरा वर्कसपमा बेच्न लगेको अबस्थामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।