धरान: विगत ६ वर्ष अघिदेखि प्रत्येक वर्ष नेपाल सुकुम्बासी बस्ती संरक्षण समाजका महासचिव कुमार कार्की धनकुटाको मुलघाटमा रहेको विश्रान्ती आश्रममा दशैको खुशी साट्न पुग्छन् ।

कार्कीले वर्षेनी दशैको अवसरमा घरपरिवारबाट अलग्गिएर बसेका वृद्धवृद्धाहरुलाई खाना खुवाउँछन् । यस वर्ष पनि कार्कीले आफ्नो परिवारसहित आश्रम पुगेर शुक्रबार आश्रममा आश्रित रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाएका छन् । आश्रममा रहेका ५३ जनालाई उनले खाना खुवाएका हुन् । दशैको अवसरमा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दशै आएको महशुष गराउन वर्षेनी खाना खुवाउने गरेको कार्कीले बताए ।

dashai-ko-awasar-ma-sukumba

करिब ४० हजार रुपैयाको खानेकुराहरु लगेर उनीहरु संगै दशैको शुरुवात गर्न पाउँदा खुशी लाग्ने गरेको उनी बताउँछन् । उनले भने, ‘कोही परिवारबाट अपहेलित भएर आएका छन्, कोही विभिन्न समस्याहरु भएर आश्रममा बसेका छन्, उहाँहरुलाई दशै आएको अनुभूति गराउन पाउदा म पनि खुशी छुँ ।’ आश्रममा करिब ६० वर्षदेखि माथि १ सय ५ वर्षसम्मका वृद्धवृद्धा बस्ने गरेका छन् ।