झापा : झापाको कमल गाउँपालिका १ रतनचौनस्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
शुक्रबार राती साढे ८ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको बा २९ प ७२१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरीको टोली खटी दुबैजना घाईतेहरु लाई उद्दार गरी उपचारको लागी लाईफलाईनअस्पताल दमक लगिएकोमा मोटरसाईकलमा पछाडी सवार गौरादह नगरपालिका १ बस्ने ५५ वर्षीय विष्णुबहादुर कटवालको बाटोमा नै मृत्यु भएको थियो भने मोटरसाईकल चालक काठमाण्डौको तानेश्वर नगरपालिका ६ बस्ने २० वर्षीय बिशाल थापाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।