झापा : झापाको कमलगाउँपालिका ३ केर्खा चौकमा करेन्ट लाग्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छन् ।

शुक्रबार राती पौने ८ बजेको समयमा ६१ वर्षीय बिष्णुप्रसाद चौलागाई र उनको श्रीमती ६१ वर्षीया पम्फादेबी चौलागाईलाई आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका दुबैजनालाई उपचारको लागी लाईफलाईन अस्पताल दमक लगिएकोमा श्रिमानको बाटैमा मृत्यु भएको थियो भने श्रीमतीको सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।