धनकुटा: धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर होटल नजिकबाट सेल्फि खिच्ने क्रममा तमोरमा खसेर एक जना युवती बेपत्ता भएकी छिन् ।
आज शनिबार दिउँसो सवा ३ बजेको समयमा धनकुटा नगरपालिका ७ धनकुटा बजारकी अन्दाजी २२र२३ बर्षिया सुजना कटवाल साथीहरुसँग घुम्ने क्रममा यो घटना भएको हो । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मुलघाटबाट प्रहरीको टोली खटिएर खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।