संखुवासभा: संखुवासभाको चैनपुर नगरपालिका १ की ५५ बर्षीया आश माया लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ ।

आईतवार दिउँसो साढे १ बजे लिम्बु स्थानीय पिलुवा खोलामा डुबेर मृत्यु भएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई मृत अबस्थामा फेला पारेको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट थप प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल चैनपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।