पथरी: पानीमा डुबेर सोमबार मोरङको पथरीशनिश्चरे २ मा एक बालकको मृत्यु भएको छ ।
पथरीशनिश्चरे २ का प्रबेश राईका अढाइ बर्षिय छोरा निशान राईको मृत्यु भएको हो । घर नजिकैको पानी जमेको दहमा मृत अबस्थामा स्थानियले फेला पारेका थिए । दिउँसोको समयमा साथी संगै खेल्दै गरेका उनी घर भन्दा २ सय मिटर आसपासको दहमा भासिएको र बाहिर निस्कन नसक्दा मृत्यु भएको हुन सक्ने पथरी प्रहरीले जनाएको छ ।