संखुवासभा : संखुवासभाको सिसुवाखोलाले बगाएर बेपत्ता भएका सिलिचोङ गाउँपालिका १ चिवाका ३० वर्षीय कवित राई मृत अवस्थामा फेला परेका छन् ।

२० गते बिहान १० बजे सिलिचोङ गाउँपालिका २ पोखुमटारबाट आफ्नो घर तर्फ फर्कदै गरेका राईलाई पोखुम्टार र चिवाको बिचमा पर्ने सिसुवाखोलाले बगाउँदा बेपत्ता भएका थिए । बेपत्ता राईको खोजतलासमा खटिएको प्रहरी चौकी सिसुवाटारको प्रहरी टोली र स्थानीयबासी समेतको टोलीले विहीबार बिहान ११ बजे दुम्बास्थित संखुवाखोलाको चेपमा राईलाई मृत अवस्थामा फेला परेका थिए । मृत लाशको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।