धरान: धरानलाई बौद्ध धर्मवलम्बीहरुको तीर्थस्थल बनाउने उद्देश्यले निर्माण गर्न लागिएको बौद्ध चारधाम निर्माणस्थलमा तीन दिने धर्म देशना आजदेखी शुरु भएको छ।

धरान ८ स्थित बौद्ध चारधाम निर्माणस्थलमा शनिबारदेखि सर्वजातिय धर्म देशना शुरु भएको हो । धर्मदेशनामा गुरु विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोछे बिशेष उपस्थिति रहेको छ । प्रवचन धर्म देशना शुरु हुनुअघि कार्यक्रमस्थलमा करिब १० लाख बराबरमा निर्माण भएको लामा पाठपठन स्थलको पनि उद्घाटन गरिएको थियो । उक्त ठाउँ धरान ११ निवासी तिलकबहादुर गुरुङले निर्माण गरिदिएका हुन् । उद्घाटन पछि राणा रिम्पोछेले प्रवचन दिएका थिए।

budist1

कार्यक्रममा आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म नारायण रिजालबाट प्रवचन हुनेछ भने साढे १२ बजेदेखि २ बजेसम्म बिपस्याना धर्मदेशना राणा रिम्पोछेबाट हुने आयोजकको भनाई छ । यस्तै, २ बजेदेखि ३ बजेसम्म ध्यान हुने आयोजकले जानकारी दिएको छ। तेस्रो दिन २७ गते १२ बजेसम्म धर्मदेशना हुनेछ भने १२ बजेपछि अवलोकेश्वर र ताराको वाङ हुने पनि आयोजकले जानकारी दिएको छ।