ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बराहक्षेत्रमा विद्यालय तोडफोडः कर्मचारीमाथि नै आशङ्का” शीर्षकको समाचार छापिएको छ । बराहक्षेत्र नगरपालिका २ मा रहेको आदर्श उच्चमाविको कम्प्युटर लगायतको लाखौं मूल्य बराबरको भौतिक सम्पति तोडफोड भएको छ । नमूना विद्यालयका रुपमा छनौट भएको आदर्शले कार्यालयलाई पेपरलेस बनाउने योजना अघि बढाइरहेको बेला कम्प्युटर, प्रिन्टर तोडफोड भएपछि समस्या बढेको विद्यालयका प्रधानाध्यापक प्रल्हाद भट्टराईले बताए । दशैं विदाका बेला महानवमीको रात विद्यालयको परिक्षा, लेखा र प्रधानाध्यापकको कोठामा रहेका २ वटा ल्यापटप, २ वटा डेस्कटप कम्प्युटर, एउटा रंगीन प्रिन्टर, २ वटा सादा प्रिन्टर, एउटा फ्याक्स मेसिन, स्टिल दराज र झ्यालका सिसाहरु फोडिएका छन् । तोडफोडबाट करिब १० लाखको क्षति पुगेको प्रध्यानाध्यापक भट्टराईले बताए । बराहक्षेत्र नगरपािलकाले ६० वर्ष उमेर नाघेका कर्मचारीलाई अवकास दिन पत्र पठाएपछि विद्यालयले सोहि पत्रनुसार व्यवस्थानि समितिमा छलफल गरेर मंसिर १ बाट तीन कर्मचारीलाई अवाकास दिने तयारी गरेको थियो ।

त्यसैगरी आजकै ब्लाष्ट टाइम्स दैनिकमा “सामान्य झरीमा पनि सडक हिलाम्मे” शीर्षकको समाचार छापिएको छ । सिरहाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ मलहनियाँ गाउँमा बाहिर जानुपर्ने कामबाहेक अधिकांशले चप्पल लगाउदैनन् । बाहिरबाट आएकाहरुपनि जुत्ता, चप्पल हातमै बाकेर गाउँ छिर्छन् । यहाँका स्थानीयपनि बाहिर जाँदा हातमा बोकेर गाउँ कटेपछि चप्पल लगाउँछन् । विकास बजेटको चरम दुरुपयोगले सडक वर्षामा धान रोप्ने खेतजस्तै हिलाम्मे हुने गर्छ । व्यवस्था परिवर्तन भएर मुलुकमा तीन तहको सरकार छ । तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन् ।