मोरगं : जेष्ठ नागरिकहरुको सम्मानमा मोरगंको ग्रामथान गाउँपालिका ७ शान्ति टोलमा वृद्ध चौतारी तथा सामुदायिक भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
वृद्ध चौतारी तथा सामुदायिक भवन निर्माणका स्थानियले समिति बनाएर सहयोग जुटाउने उद्धेश्यले श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ गरेका हुन् । स्थानिय बलराम भट्टराईले आफुले बनाएको राधाकृष्णको मन्दिर सहित पाँच धुर जग्गा उपलव्ध गराएको र थप जग्गा सहित भवन निर्माणको लागि पुराण आयोजना गरिएको पुराण आयोजक समितिले जनाएको छ । गा्रमथान ७ शान्ति टोलका बलराम भट्टराईले उपलव्ध गराएको जग्गासंग थप जग्गा छोडेर बृद्ध चौतारी साथै सामुदायिक भवन निर्माणका लागि पुराण आयोजना गरिएको आयोजक समितिका संयोजक कुलप्रसाद दाहालले जानकारी दिए ।
आगामी कार्तिक ४ गते सम्म सञ्चालन हुने पुराण आरम्भ हुनु पुर्व कलश यात्रा निकालिएको थियो भने एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । औपचारीक कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभाका सदस्य अमनलाल मोदी , गा्रमथान गाउँपालिकाका अध्यक्ष शिवनारायण चौधरी , कोशी हरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाई लगायतले वृद्ध चौतारी तथा सामुदायिक भवन निर्माण कार्य महत्वपुर्ण कार्य भएकाले सबैले सहयोग पुरयाउनु पर्नेमा जोड दिए । पुराण बाचन युवा पंडित नवराज पोखरेलले हुने जनाइएको छ