झापा: झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोम सरकारीस्तरबाटै हुने भएको छ ।

महाभारतकालिन ईतिहाससँग जोडिएको सताक्षीधाममा आयोजना हुन लागेको कोटिहोम सञ्चालनका लागि झापाका १५ वटै स्थानीय तह सहमत भएपछि सरकारीस्तरबाटै आयोजना हुने भएको हो । यसअघि गोलोक गोवद्र्धन गौशालाले कोटिहोम आयोजनाको तयारी गरेको थियो । साविकको आयोजक गोलोक गोवद्र्धन गौशालाले जिल्लाका सवै स्थानीय सरकारसँग छलफल गरेपछि उक्त कार्यक्रम जिल्लाका १५ वटै स्थानीय तहको संयुक्त आयोजनामा हुन लागेको आचार्य नन्द किशोर भारद्धाजले जानकारी दिएका छन् ।

कोटीहोमबारे शिवसताक्षी नगरपालिकामा जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रसासकीय अधिकृतको बैठकले सताक्षीधाम धार्मीक महोत्सव एव १०८ कुण्डकोकोटिहोम मुल आयोजक समारोह समिति गठन गरेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा आयोजक समिति गठन भएको छ ।