सप्तरी: आज दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ स्थित जोगिनीमा गोही फेला परेको छ ।

दिउँसो पौने ४ बजे सार्वजनिक पोखरीमा माझीहरूले माछा मार्ने क्रममा उक्त गोही भेटिएको हो । अन्दाजी ७ केजी तौल रहेको गोहीलाई हाल ईलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको प्रहरीले जनाएको छ ।